टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

Image

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर बलिङ रोजेपछि पोखराले ब्याटिङ गर्ने भएको हो ।

सुदूरपश्चिम आज दोस्रो खेल खेल्दैछ भने पोखरा पहिलो खेल खेल्दैछ । पोखराको कप्तानी कुशल भुर्तेलले गरेका छन् भने सुदूरपश्चिमका कप्तान दीपेन्द्र हुन् ।

पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको सुदूरपश्चिम दोस्रो खेलमा पहिलो जितको खोजीमा छ भने पोखरा पहिलो खेलमै जितको खोजीमा हुनेछ ।

सुदूरपश्चिम प्लेइङ इलेभेन

साइफ जैब, विनोद भण्डारी (विकेटकिपर), ब्रान्डन मक्मुलेन, इशान पाण्डे, दीपेन्द्र सिंह ऐरी (कप्तान), आरिफ शेख, एस रदरफोर्ड, स्कट कुगेलेइजन, अनिल खरेल, हेमन्त धामी र अविनाश बोहरा।

एभेन्जर्स प्लेइङ इलेभेन

दिनेश खरेल, कुशल भुर्तेल (कप्तान), किरण ठगुना, एस समाराविक्रमा, महेदी हसन, शाकिब अल हसन, धनन्जय लखन, अर्जुन मगर, विपिन खत्री, प्रतीक पोखरेल र आकाश चन्द।