सिरहामा हवाई फायर गरेर दुई जना लागुऔषध कारोबारी पक्राउ

Image

सिरहाको मार्डरमा प्रहरीले हवाई फायर गर्दै दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू लागुऔषध कारोबारमा संलग्न रहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

ब्युरोका अनुसार उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोटरसाइकल बरामद गरिएको छ।

बिहीबार बिहान गस्तीमा रहेको प्रहरी टोलीलाई देखेपछि दुवै जना भाग्न खोजेका थिए। त्यसपछि प्रहरीले एक राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको ब्युरोले जानकारी दिएको छ।