युक्रेनले मस्को र आसपासका क्षेत्रमा ठूलो संख्यामा ड्रोन आक्रमण गरेको रुसले जनाएको छ । अक्टोबर २९ को राति मस्कोतर्फ आएका ६१३ ड्रोनमध्ये अधिकांशलाई वायु रक्षा प्रणालीले खसालेको वा निष्क्रिय पारेको मस्कोका मेयर सर्गेई सोबयानिनले बताएका छन् ।
सोबयानिनका अनुसार, बुधबार साँझदेखि बिहीबार बिहानसम्म मस्कोतर्फ आएका ड्रोनमध्ये २३१ वटालाई वायु रक्षा बलले नष्ट गरेको थियो । आक्रमणका कारण मस्को क्षेत्रका केही स्थानमा आगलागी भएको र हतियार उत्पादन गर्ने एउटा कारखानामा पनि क्षति पुगेको बताइएको छ । सुरक्षा सतर्कताका कारण मस्कोका प्रमुख विमानस्थलमा उडानसमेत प्रभावित भएका थिए ।
यसैबीच, रुसले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा आक्रमण गर्दा एउटा शैक्षिक संस्थामा क्षति पुगेको सहरका मेयर इगोर तेरेखोभले बताएका छन् ।
गत सेप्टेम्बरमा मस्को क्षेत्रको आकाशमा एक हजार ६०० भन्दा बढी ड्रोन खसालेको रुसको दाबीपछि यो आक्रमण पछिल्लो ठूलो घटना भएको बताइएको छ ।













