लोकेशको अर्धशतकप्रेरित विराटनगरले दियो कर्णालीलाई १८७ रनको लक्ष्य

Image

ओपनर लोकेश बमको अर्धशतकप्रेरित विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सविरुद्ध १८७ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको विराटनगरले कर्णालीविरुद्ध निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८६ रनको योगफल खडा गरेको हो ।