घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

Image

 पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब सवा १० बजेतिर सुक्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको हो ।

सडक खुलाउनका लागि उपकरण प्रयोग भइरहेको र करिब आधा घणटाभित्र सडक सञ्चालनमा आउने चितवन प्रहरीको भनाइ छ ।