छठ पर्वका अवसरमा सरकारले दियो सोमबार बिदा

Image

आउँदो सोमबार सार्वजनिक बिदा हुने भएको छ। गृह मन्त्रालयले आज सूचना निकालेर छठ पर्वका अवसरमा कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरेको छ।

यससँगै अब लगातार तीन दिन बिदा हुने भएको छ। सरकारले सातामा दुई दिन शनिबार र आइतबार बिदा दिँदै आएको छ भने सोमबार छठमा बिदा दिएको हो।