बंगालको खाडीमा अर्को चक्रवाती आँधी बन्ने सम्भावना

Image

बंगालको खाडीमा अर्को शक्तिशाली चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको छ। भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले दक्षिणपूर्वी बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र क्रमशः शक्तिशाली बन्दै सोमबार साँझसम्म चक्रवाती आँधीमा परिणत हुन सक्ने पूर्वानुमान गरेको छ।

विभागका अनुसार शुक्रबार बिहान साढे ५ बजे दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्र बनेको थियो। शुक्रबार बिहान साढे ८ बजेसम्म उक्त मौसमी प्रणाली सोही क्षेत्रमा सक्रिय रहेको थियो।

हाल उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको उक्त प्रणाली शनिबारसम्म गहिरो न्यून चापीय क्षेत्र (डीप डिप्रेसन) मा परिणत हुन सक्ने अनुमान गरिएको छ। त्यसपछि आइतबार बिहानसम्म थप विकसित भएर डिप्रेसनमा परिणत हुने र सोमबार साँझसम्म मध्य बंगालको खाडीमा चक्रवाती आँधीको रूप लिन सक्ने विभागले जनाएको छ।

मौसम विभागका अनुसार मध्य अण्डमान सागर तथा आसपासको अण्डमान–निकोबार द्वीपसमूहमाथि विकसित वायुमण्डलीय प्रणालीका कारण बंगालको खाडीमा यस्तो मौसमी गतिविधि देखिएको हो।

उक्त प्रणालीको विकाससँगै बंगालको खाडी आसपासका क्षेत्रमा मौसममा थप परिवर्तन आउन सक्ने अनुमान गरिएको छ।