चीन प्रस्थान गरे रास्वपाका पदाधिकारीसहित २० सांसद

Image

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको टोली आइतबार मित्रराष्ट्र चीन प्रस्थान गरेको हो ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा टोली चीन प्रस्थान गरेको हो । प्रतिनिधिमण्डलको भ्रमण अवधि ११ दिनको हुनेछ । 

भ्रमण टोलीमा महामन्त्री आचार्यसहित सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी तथा सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द छन् । 

त्यस्तै, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा टोलीमा छन् ।

चीन भ्रमणमा जाने टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले विमानस्थलमा पुगेर बिदाइ गरेका थिए ।