जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ

Image

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले मुलुकका विभिन्न स्थानबाट ३१ जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

कैलालीबाट जुवातास खेलिरहेको अवस्थामा १० जनालाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई नगद ६० हजार १७५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको जानकारी दिइएको छ ।

दाङबाट आठजनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ५८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस्तै, दाङबाटै जुवातास खेलिरहेको अवस्थामा नौजनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ८ हजार १२० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

झापाबाट जुवातास खेलिरहेको अवस्थामा चारजनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ९ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको जानकारी दिइएको छ ।