सेयरबजारमा साढे ८ अंकको वृद्धि देखिएको छ।
नेप्से ८.६६ अंकले बढेर २६४७.६१ विन्दुमा पुगेको हो। योसँगै कारोबार रकम पनि बढेको छ। बुधबार ६ अर्ब १४ करोडको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको हो।
कुल १ करोड ६५ लाख कित्ता किनबेचमा यो परिमाणको कारोबार भएको हो। यस दिन १७० वटा सेयर बढ्दा १०१ वटा घटेका र ८ वटा स्थिर रहेका छन्। यस दिन सेयरहरु १०.९८ प्रतिशतसम्म बढ्दा ३.३० प्रतिशतसम्म घटेका छन्।
यस दिन ३४ करोडसम्मको सर्वाधिक कारोबार भएको छ। बुधबारको कारोबारमा होटल र पर्यटन, उत्पादन र प्रशोधन, माइक्रोफाइनान्स समूहमा गिरावट देखिए पनि बाँकी समूहमा हरियाली छाएको छ।
















