एक्स्ट्रिम इनर्जी ड्रिंकका पाँच नयाँ स्वाद बजारमा

Image

एक्स्ट्रिम इनर्जी ड्रिंकले उपभोक्ताका लागि पाँच नयाँ स्वाद बजारमा ल्याएको छ । युवापुस्तामाझ लोकप्रिय रहेको एक्स्ट्रिमले उपभोक्ताको बदलिँदो रुचि र स्वादलाई ध्यानमा राख्दै नयाँ फ्लेभर सार्वजनिक गरेको हो ।

नयाँ स्वादसँगै एउटै ब्रान्डअन्तर्गत अब उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंकका अतिरिक्त पाँच फरक स्वादको विकल्प पाउने भएका छन् ।

कम्पनीले ग्रीन एप्पल स्वादमा ‘ग्रीन म्यानियाक’, मस्कट अंगुर स्वादमा ‘श्रेक अट्याक’ र ग्रेपफ्रुट तथा पाइनापलको मिश्रित स्वादमा ‘ट्रपिकल पञ्च’ बजारमा ल्याएको छ ।

त्यस्तै, रास्पबेरी स्वादमा ‘रास्प एन्ड फ्युरियस’ र अर्को नयाँ विकल्पका रूपमा ‘एक्स्ट्रिम्ली लाइट’ पनि सार्वजनिक गरिएको छ ।

फरक स्वाद र आकर्षक नामसहित बजारमा आएका यी नयाँ उत्पादनले उपभोक्तालाई आफ्नो रुचिअनुसार पेय पदार्थ छनोट गर्ने थप अवसर दिने कम्पनीको विश्वास छ ।

कम्पनीका अनुसार उपभोक्ताको स्वादलाई थप रोमाञ्चक बनाउने उद्देश्यले नयाँ फ्लेभर ल्याइएको हो । पाँचवटै नयाँ स्वादका पेय पदार्थको बिक्री वितरणसमेत सुरु भइसकेको छ ।
उपभोक्ताको रुचि र माग समयसँगै परिवर्तन भइरहेकाले एक्स्ट्रिमले पनि आफ्नो उत्पादनको दायरा विस्तार गरेको जनाएको छ । स्वादमा विविधता थप्दै उपभोक्ताको बदलिँदो रोजाइलाई आगामी दिनमा पनि सम्बोधन गर्ने कम्पनीको लक्ष्य छ ।