कुमारी बैंकलाई भिसाद्वारा दुई विधामा सम्मानित

Image

कुमारी बैंक सम्मानित भएको छ । भिसा इन्टरनेशनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२६’ मा कुमारी बैंकको सीमापार कारोबार तथा उपभोक्ता क्रेडिट कार्ड व्यवसाय क्षेत्रमा हासिल गरेको उल्लेखनीय कार्यसम्पादनलाई उच्च रूपमा मूल्याङ्कन गर्दै सम्मान गरिएको हो ।

विगतका वर्षहरूमा झैँ यस वर्ष पनि कुमारी बैंक ‘एक्सिलेन्स इन क्रस बोर्डर बिजनेश’ तथा ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड बिजनेश प्रिन्सिपल क्लाइन्ट’ विधामा सम्मानित भएको छ । लगातार तीन वर्षदेखि प्राप्त गरेको उक्त सम्मानले अन्तर्राष्ट्रिय भुक्तानी सेवाको विस्तार, सीमापार कारोबारको प्रवर्द्धन तथा ग्राहक केन्द्रित कार्ड सेवामार्फत कुमारी बैंकले हासिल गरेको व्यावसायिक उत्कृष्टतालाई प्रतिबिम्बित गरेको छ ।

डिजिटल भुक्तानी प्रणालीले विश्वव्यापी रूपमा कारोबार, यात्रा तथा वित्तीय पहुँचको स्वरूप परिवर्तन गरिरहेको वर्तमान परिवेशमा कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई सुरक्षित, सहज तथा नवीन भुक्तानी समाधान उपलब्ध गराउँदै आएको छ । विशेषगरी भिसा कार्डमार्फत प्रदान गरिएका सेवाहरू तथा अन्तर्राष्ट्रिय कारोबारसम्बन्धी सुविधाहरूलाई थप प्रभावकारी बनाउने दिशामा बैंक निरन्तर सक्रिय रहेको छ ।

स्थापनाकालदेखि नै बैंकिङ्ग सेवामा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको कुमारी बैंकले डिजिटल बैंकिङ्ग, कार्ड सेवा तथा विद्युतीय भुक्तानी प्रणालीको विकास र विस्तारलाई निरन्तरता दिएको छ । आगामी दिनहरूमा पनि ग्राहकहरूको आवश्यकता अनुरूप थप उन्नत, सुरक्षित तथा विश्वसनीय वित्तीय सेवा प्रदान गर्दै डिजिटल रूपान्तरणको यात्रालाई अझ सशक्त रूपमा अघि बढाउने बैंकले जनाएको छ ।