नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाएको छ । राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै व्यक्तिगत र संस्थागत दुवैको लागि सीमा बढाएको हो ।
अब कुनै व्यक्तिले सेयर धितोमा अधिकतम १५ करोड रूपैयाँसम्म कर्जा पाउने भएको छन् । यस्तै संस्थाले एक बैंक वा पूरै बैंकिङ प्रणालीबाट २० करोड रूपैयाँसम्म कर्जा पाउने भएको छ ।
यसअघि एक ग्राहकले एउटा बैंकबाट चार करोड र पूरै प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म कर्जा पाउन सकिने व्यवस्था गरेको थियो । तर केही महिनाअघि चार करोडको सीमा नै हटाएको थियो ।














