जनकपुर बिग मार्टमा भीषण आगलागी, १० करोड बराबरको क्षति भएको अनुमान

जनकपुर बिग मार्टमा राति आगलागी भएको छ । जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा रहेको मार्टमा अकस्मात् राति ११ बजे तिर लागेको आगो आज बिहान नियन्त्रणमा आएको छ ।

आगो निभाउन ५ वटा बारुण यन्त्र, प्रहरी र स्थानीय खटेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ । सञ्चालक रामबाबु रायले राति ११ बजे मार्टभित्र अचानक आगो सल्केको थाहा पाएको बताए ।

मार्टको सामान साढे चार करोड, घरमा समेत क्षति पुगेकाले १० करोडभन्दा बढीको क्षति पुगेको सञ्चालक रायको दाबी छ ।

मार्टको दोस्रो तल्लमा बसिरहेका राय दम्पतीले भागेर ज्यान बचाएको बताएका छन् । आगलगी कसरी भएको कुरा खुल्न सकेको छैन् । विद्युत सर्ट भएर आगलगी भएको हुनसक्ने अनुमान छ ।