सरकारले क्रसर उद्योगको नयाँ लाइसेन्सका लागि निवेदन आह्वान गरेको छ । उद्योग विभागले क्रसर उद्योगका लागि नयाँ मापदण्ड तय गरी आइतबारबाट लाइसेन्सका लागि निवेदन आह्वान गरेको हो ।
विभागले क्रसर उद्योगको अनुमति, दर्ता तथा नियमण सम्बन्धी प्रक्रिया तथा मापदण्ड २०८० बमोजिम ढुंगा, गिट्टी तथा बालुवा प्रशोधन गर्ने उद्देश्यले विभागमा निवेदन दिइ कारबाही प्रक्रियामा रहेका उद्योग र नयाँ दर्ता प्रयोजनका लागि निवेदन दिन आह्वान गरेको हो ।
विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘ढुंगा, गिट्टी तथा बालुवा प्रशोधन गर्ने उद्देश्यले पहिले नै निवेदन दिएर र नयाँ उद्योग अनुमति को लागि मापदण्ड अनुसार उद्योग रहने स्थानको टोपोसिट तथा कित्ता नापी नक्सा समेत पेश गर्न सूचना जारी गरिएको छ ।’
विभागका अनुसार दर्ता प्रक्रियाका लागि पनि नयाँ मापदण्ड आवश्यक परेकोले गत वर्षदेखि त्यसमा गृहकार्य भइरहेको थियो । उक्त गृहकार्यअनुसार अहिले मापदण्ड कार्यन्वयनमा आएको हो ।
