सुनसरीको धरानमा एक जना किशोरीको शव भेटिएको छ। धरान १८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको बीचमा रहेको खोल्सामा किशोरीको शव भेटिएको हो।
धरान प्रहरीले दिएको जानकारी अनुसार मृत फेला परेकी किशोरीको घाँटी रेटिएको छ भने शव खोल्सामा घोप्टो परेको अवस्थामा भेटिएको थियो ।
किशोरीको शव नजिकै खुकुरी पनि भेटिएको छ। मृतक किशोरीको पहिचान खुलिसकेको छैन। धरान प्रहरीले उनको हत्या नै भएको हुनसक्ने बताएको छ।
दिउँसो साढे २ बजेतिर गाईबाख्रा चराउनेहरूले खोल्सामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोस्टमर्टमका लागि बीपी प्रतिष्ठानमा छ।















