यसरी बिक्री गर्दै छ साल्ट ट्रेडिङले चिनी

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चिनी बिक्री गर्ने भएको छ । बिक्रीको मापदण्ड बनाएर साल्ट ट्रेडिङले चिनी बिक्री गर्न लागेको हो ।

व्यावसायिक प्रयोजनका लागि पसलबाट खुद्रा बिक्री गर्न प्रतिव्यवसायीलाई २५० केजीसम्म उपलब्ध गराइने साल्ट ट्रेडिङले जनाएको छ । परिमाण उपलब्ध स्टकका आधारमा थपरघट हुन सक्ने बताइएको छ ।

यसका लागि व्यवसाय दर्ताको प्रमाणपत्रको सक्कल तथा प्रतिलिपि साल्ट ट्रेडिङमा बुझाउनु पर्नेछ ।

कम्पनीले कालिमाटीस्थित आफ्नै कार्यालयबाट प्रतिकेजी ११२.५० रुपैयाँमा चिनी उपलब्ध गराउने जनाएको छ ।

यस्तै कम्पनीले व्यक्तिगत प्रयोजनका लागि पनि प्रतिव्यक्ति दुई केजी चिनी उपलब्ध गराउने छ । सो चिनी कम्पनीका काठमाण्डौ उपत्यकास्थित बिक्री कक्षहरुबाट सहुलियत मूल्य ९७ रुपैयाँमा बिक्री गरिने पनि साल्ट ट्रेडिङले जनाएको छ ।