तोलामा एक हजारले घट्यो सुनको मूल्य

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुन तोलाको एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।