सर्वोच्च अदालतले एनसेलको ८० प्रतिशत सेयर बिक्रीविरुद्ध परेको मुद्दामा कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।
सर्वोच्च अदालतले यही पुस १६ गते छलफलका लागि बोलाएको मुद्दा दायरकर्ता अमरेश कुमार सिंहले जानकारी दिए ।
सांसद समेत रहेका सिंहले गत मंसिर २२ मा एनसेल बिक्री रोक्न माग गर्दै सर्वोच्चमा एनसेल आजियटा लिमिटेडविरुद्ध रिट दायर गरेका थिए ।
नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा सेयर खरिद–बिक्री भएको दाबी गर्दै उक्त कारोबारलाई मान्यता नदिन सर्वोच्चमा रिट दायर गरेका थिए ।















