रविविरुद्धको ‘संगठित अपराध’ अभियोग काठमाडौं जिल्ला अदालतबाट फिर्ता लिन अनुमति

Image

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ ।

अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार लामिछानेको मागबमोजिम संगठित अपराधको अभियोगपत्र संशोधनका लागि फिर्ता लिन अनुमति दिएको हो । 

अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराधको अभियोग संशोधन गर्न आदेशमा भनेको छ । 

लामिछानेको सहकारी ठगीसम्बन्धी अभियोग भने कायम हुने भएको छ । सुमन खनाल लगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको लामिछानेसहितका प्रतिवादीको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा सरकारले अभियोग पत्र संशोधनको निवेदन दिएको थियो ।