ललितपुरको भैँसेपाटीस्थित बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी भएको छ । मंगलबार बिहान क्वार्टरभित्र रहेको एक टहरामा आगलागी भएको प्रहरीले जनाएको छ ।
क्वार्टरभित्र निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा आगो लागेको भैँसेपाटी प्रहरी प्रभागले जनाएको छ । प्रहरीका अनुसार बिहान सवा ११ बजेतिर लागेको आगो नियन्त्रणमा आइसकेको छ ।
करेन्ट सर्ट भएर आगलागी भएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए । आगलागीबाट मजदुरहरुले प्रयोग गर्दै आएका सामान र रंगहरु जलेको शाहले बताए ।














