सुनको मूल्य एक सय रुपैयाँले बढ्यो, चाँदीको घट्यो

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सनुचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलामा एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार उक्त सुन तोलामा एक लाख १९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ । चाँदी तोलामा एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।