विदेशीसँग आर्थिक चलखेलमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ विदेशीलाई सुम्पने नेपाल नागरिक उडड्यन प्राधिकरणका भ्रष्ट्र महानिर्देशक प्रदीप अधिकारीको योजना असफल हने भएको छ । आइतबार प्राधिकरणको वार्षिकउत्सव समारोहमा मन्त्री सुदन किराँतीले दिएको चेतावनीपछि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशीको रजगज चलाउने भ्रष्ट महानिर्देशक अधिकारीको योजना तत्काललाई तुहिने देखिएको हो । अधिकारीले मोटो आर्थिक चलखेलमार्फत नेपालको विमानस्थलमा विदेशीलाई भित्राएर तस्करीको जालो बनाउने योजनामा थिए । बदनाम महानिर्देशक अधिकारीको कुनियतको सुचना पाएका संस्कृति नागरिक उडड्यन तथा पर्यटनमन्त्री सुदन किराँतीले प्राधिकरणकै बार्षिकउत्सव कार्यक्रममा तत्काललाई भ्रष्ट्र अधिकारीलाई आईन्दा देशबिरुद्धको गद्दारी नगर्न चेतावनी समेत दिएका छन । अधिकारीका कारण नेपालको उडडयान क्षेत्रमा कालो पोतिएको निष्कर्षसहित उडड्यान क्षेत्रको साख जोगाउन मन्त्री किराँती निरन्तर लागिरहेका छन ।
सामाजिक संजालमा समेत चर्को आलोचना खेपेका अधिकारीले मोटो आर्थिक चलखेलमार्फत महानिर्देशक बनेपछि गरेका अनियमितता र भ्रष्ट्राचार कारण प्रदीप अधिकारीका नातिले समेत नेपालमा मुख देखाउन नसक्ने चर्चा आजकल सामाजिक सञ्जालमा चल्ने गरेको छ ।
आइतबार नेपाल नागरिक उड्डयन नागरिक प्राधिकरणको २५ औँ वार्षिकोत्सवका अवसरमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रदीप अधिकारीको नामै लिएर विदेशीको पैसा लिएर नेपालको विमानस्थलभित्र तस्करीको जालो बुन्ने कोसिस नगर्न चेतावनी दिए। मन्त्री किराँतीले सम्बोधनका क्रममा भने ‘राज्यले तपाईंहरुलाई जे जिम्मेवारी दिएको छ, त्यो जिम्मेवारीपूर्वक गर्नुहोस्, नेपालको अन्तरष्टिय विमानस्थलमा विदेशीको बुट बजार्ने कुनियत राखेर पटक पटक नेपाल एयरलाइन्सको अधिकार खोस्न र देशमाथि नै गद्दारी गर्ने कुनियत त्याग्नुहोस यो कुरा उठेमा त्यो राज्यको नीति माथि नै प्रश्न हुनेछ ।’
भ्रष्ट अधिकारीले विदेशीलाई नेपालको विमानस्थल सुम्पने योजनासहित गत मङ्सिर १५ गते ग्राउन्ड ह्यान्डलिङ सेवा नेपाल एयरलाइन्सबाट खोस्ने निर्णय गरेका थिए । महानिर्देशक बनेपछि प्रदिप अधिकारीले ग्राउन्ड हयाण्डलिंगमार्फत भएको आम्दानीको केही प्रतिशत आफूलाई कमिसन चाहिने भन्दै नेपाल एयरलाइन्ससँग गरेको बार्गेनिङको समाचार टिभी अन्नपूर्णले यसअघि नै प्रकाशित गरेको थियो । आफूले नेपाल एयरलाइन्सबाट कमिसन नपाएको झोकमा विदेशी कम्पनी भित्राएर मोटो कमिसन लिने योजनासहित नेपाल एयरलाइन्समा रहेको ग्राउन्ड हयाण्डलिंगको अधिकार खोस्ने निर्णय गरेको भन्दै यसको चौतर्फी आलोचना भएको थियो । प्रधानमन्त्री पुत्री गङ्गा दाहाल र आरजु राणासँगको निकटता देखाएर अधिकारीले प्राधिकरणभित्र चरम अनियमितता गर्दे आएका छन् । उनीबिरुद्ध हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरणमा तीन दर्जन बढी उजुरी परेपनि पैसाको आडमा अधिकारीले अनुसन्धान प्रक्रिया प्रभावित गर्न सफल भएका छन् ।












