अर्बौँ अनियमितताको आरोपमा अख्तियारमा मुद्दा खेपिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दोस्रो मिसन भन्दै नेपाल वायुसेवा निगमलाई धराशायी बनाउने षडयन्त्रमा लागेका छन् । अर्बौँ घोटालामा मुछिएका महानिर्देशक अधिकारीले आफूमाथि अनुसन्धान थालेका मन्त्रीलाई हटाउन सफल भएको भन्दै अबको दोस्रो मिसन वायुसेवा निगमलाई बनाउन खोजेको देखिएको छ ।
अनियमितताका विरुद्ध उभिएका मन्त्री हटाउन सफल भएकाले अबको मिसन वायुसेवा निगमका अध्यक्ष भएको भन्दै चरणबद्ध आक्रमण थालेका छन् । नयाँ मन्त्री आएलगत्तै अधिकारीले वायुसेवा निगममाथि प्रतिशोधको नियतले निगमलाई अप्ठ्यारोमा पार्ने योजना सतहमा आएको छ । केही समयअघि नेपाल वायुसेवा निगमको ग्राउन्ड ह्याण्डलिङ खोसेर विदेशीलाई सुम्पने योजना असफल भएपछि अधिकारीले निगममाथि अर्को षडयन्त्र बुनेका छन् ।
निगमका अध्यक्ष मातहत रहने अकाउण्टएवल म्यानेजरको जिम्मेवारी खोस्ने नियतले अधिकारीले अध्यक्षलाई स्पष्टिकरण सोधेपछि भ्रष्ट महानिर्देशकको षडयन्त्र अहिले छताछुल्ल भएको छ । प्रवक्ता जगन्नाथ निरौलाले प्राधिकरणले नेपाल वायुसेवा निगमलाई २७ पृष्ठको स्पष्टिकरण सोधेको पुष्टि गरेका छन् । निरौलाले ठुलै संकट आइपरेका अवस्थामा प्राधिकरणले कुनै पनि एयरलाइन्सको एकाउण्टएवल म्यानेजरको जिम्मेवारी खोस्न सक्ने कानुनी व्यवस्था रहेको बताए । जबकी वर्षैदेखि घाटामा गएको नेपाल एयरलाईन्सले अधिकारी अध्यक्ष बनेपछिमात्रै मुनाफा कमाउन सफल भएको थियो । दुई ठुला विमानस्थल निर्माणमा अबौै घोटाला गरेर अकुत सम्पति कमाएका प्रदीप अधिकारीले मोटो रकम बुझाएर महानिर्देशक बनेदेखिनै नेपाल एयरलाईन्सलाई धराशायी बनाएर निजी कम्पनीलाई स्पेस बनाईदिने मिसन चलाएको अरोप छ । जसका कारण तत्कालिन मन्त्री सुदन किराँती समेत आजित बनेका थिए । कमिशन खान नपाउने अवस्थाआए घरकै श्रीमतीलाई समेत दुःख दिने स्वभावका अधिकारीले पछिल्लो पटक नेपाल एयरलाईन्सलाई निशाना चरणबद्ध आक्रमण थालेका छन् ।
के हो प्राधिकरणका महानिर्देशक र निगमका अध्यक्षबिचको टसलको विषय ?
हरेक बोलीपिच्छे अश्लील भाषा प्रयोग गरेर बोल्ने प्राधिकरणका महानिर्देशक अधिकारीमाथि एउटा आरोप छ । उनि केही युवतीसँग यस्तो सम्बन्धमा छन्, जसको खर्च पुर्योउनमात्रै पनि उनले दैनिक १ लाख बढी छुट्ट्याउनुपर्छ । प्राधिकरणकै एक कर्मचारी भन्छन् सुन्दर युवती देखे अधिकारीले सिधै प्रश्न गर्ने गरेका छन् । अनि सोध्छन् तिमी एयर होस्टेस बन्ने हो ? धेरैले अधिकारीको नियत बुझेर नो भनेपनि केहिले आकर्षक जागिरको प्रलोभनमा परेर अधिकारीमाथि विश्वास गर्ने गरेका छन् । तिनै सोझासिधालाई अधिकारीले व्यापारी र नेतासँग भेटाएर समस्यामा पार्ने गरेको ती कर्मचारीको गम्भीर आरोप छ ।
नागरिक उड्डयन प्राधिकरणकै ९औ तहका कर्मचारीले चलाएको उड्डयन समाचार नामको फेसबुकमा त अधिकारीले एयर होस्टेसको लोभ देखाएर आफूभन्दा ३० वर्ष साना उमेरका केही युवतीलाई पालैपालो निःशुल्क टिकट बनाएर थाइल्यान्ड, सिंगापुर, दुबई र हङकङ समेत पुर्याएको उल्लेख थियो । तीनै युवती व्यवस्थापनको विषयमा नेपाल एयरलाईन्स र प्राधिकरणका महानिर्देशकबीच खटपट शुरु भएको हो । एयरलाइन्सका अध्यक्षले महानिर्देशक अधिकारीको सोही प्रस्ताव अस्वीकार गरेपछि महानर्दिशक निगमका अध्यक्षविरुद्ध क्रुद्ध बनेका थिए । सोही बेला निगमका अध्यक्षलाई मु।। भन्दै दिन गन्ती सुरु भयो भनेका सुनेको निगमका एक कर्मचारीको भनाई छ ।
सोही विवादपछि प्राधिकरणका महानिर्देशक अधिकारीले निगमका अध्यक्ष विरुद्ध एकपछि अर्को अस्त्र हानेका छन् । तर, तत्कालिन मन्त्री सुदन किराँतीको कारण महानिर्देशक सफल हुन सकेका थिएनन् । महानिर्देशकको कुनियत बुझेर अधिकारीका षडयन्त्रको प्रतिरोध गर्ने वातावरण बनाएका किराँतीका कारण नेपाल एयरलाईन्सलाई काम गर्न सहज भएको थियो । यिनै कारण पनि राष्ट्रविरोधी अपराधमा संलग्न भएको ठहरसहित किराँतीले भ्रष्ट महानिर्देशकलाई हटाउन खोजेका थिए। तर, पैसाका अघि केही नचलेपछि दुई पटकसम्म स्पष्टिकरण सोधेका किराँतीलाई पुरस्कारको साटो भ्रष्ट र बिचौलियाहरूको बलमा मन्त्री पदबाट बाहिरिनुपर्ने अवस्था आयो । प्रचण्ड सरकारले राजनीतिक समीकरण फेरिएसँगै माओवादीबाट सरकारमा गएका सबै मन्त्री दोहोराएर पुरस्कार पाउनुपर्ने उनै किराँतीलाई हटाएका थिए । किराँतीलाई हटाउने निर्णय भएकै दिन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले मन्त्रालयका एक सहसचिव सहितका कर्मचारीलाई समेत बोलाएर भव्य रात्रीभोज गरेका थिए ।
के हो भ्रष्ट महानिर्देशकको पछिल्लो षडयन्त्र ?
नियामक निकायको प्रमुखमा रहेर कहिले निगमले आफ्नो सेवालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन नियुक्त गरेको अपरेसन डाइरेक्टरलाई राखेर समस्या ल्याइदिने त कहिले वर्षदेखिको नेपाल एयरलाइन्ससँग रहेको ग्राउन्ड ह्याण्डलिङको जिम्मा खोसेर विदेशीलाई दिने षडयन्त्र गरेका महानिर्देशक अधिकारीले यति बेला निगमविरुद्ध अर्को षडयन्त्र गरेका छन् । आफ्नो पदको दुरुपयोग गरि अहिले प्राधिकरणका महानिर्देशकले निगमका अध्यक्षलाई स्पष्टिकरण सोधेको छ ।
केही समयअघि एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट्स (एओसिआर) दशौँ संशोधनमार्फत क्यानको स्वीकृतिविना कुनै पनि सरकारी स्वामित्वको एवं निजी वायुसेवा कम्पनीहरूले एकाउन्टेबल म्यानेजर तथा पोस्ट होल्डहरू नियुक्त गर्न नपाइने नीति ल्याएको छ । यसको सिधा अर्थ असुली धन्दालाई प्रभावकारी बनाउनु नै हो । स्वात्त वायुसेवा कम्पनीको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र धम्काएर पैसा असुल्ने अधिकारीको कुनियतले ल्याइएको यो नीतिको पहिलो निशानामा नेपाल एयरलाइन्स परे पनि अनियमितता र भ्रष्ट्राचार विरुद्ध बोल्ने जुनसुकै एयरलाईन्सलाई नियन्त्रणमा राख्ने योजना हो । यही योजना अनुसार प्राधिकरणले निगमका अध्यक्षको अधिकार र जिम्मेवारी प्रतिशोधकै आधारमा खोस्न लागेको प्राधिकरणका एक पूर्व महानिर्देशकको बुझाई छ । नेपाल वायुसेवा निगमभित्र छिरेर हस्तक्षेप गर्ने यसलाई धराशायी बनाउने योजनासहित निगमभित्रको कामको जिम्मेवारी प्राधिकरणले खोस्न खोज्नु गम्भीर भएको उनले बताए ।
अख्तियारले तान्ने निश्चित भएपछि बदनाम महानिर्देशक अधिकारको अन्तिम छटपटी
आफ्नो कार्यक्षेत्र नाघेर विमान कम्पनीभित्रका जिम्मेवारी खोस्ने कुनियत महानिर्देशक अधिकारी जेल जानुपहिलेको अन्तिम छटपटी भएको धेरैको बुझाई छ । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागत दोब्बर बनाएर राज्यको अर्बौँ हिनामिना गरि अकुत सम्पत्ति कमाएका अधिकारीमाथि अख्तियारमा दर्जन बढी मुद्दा छन् । धेरै मुद्दालाई कमजोर बनाएर कुर्ची जोगाइरहेका अधिकारीले आफैले मन्त्री सुदन किराँतीलाई हटाएको उदाहरण दिँदै आफ्नो पक्षभन्दा बाहिर गए अख्तियारका आयुक्तसमेत हटाइदिने कार्यालयकै कर्मचारीसँग भन्ने गरेका छन् । पछिल्लो पटक परेको मुद्दामा भने अधिकारीको केही नचल्ने भएपछि उनले आफु जेल जानु पूर्व कुर्चीको आडमा धेरैलाई ठेगान लगाइदिने योजनामा छन् । प्राधिकरणको वार्षिकोत्सवको मौका पारेर आफ्नो विपक्षमा कहिल्यै नबोल्ने सर्तमा हस्ताक्षर गराएर केही मिडियालाई पैसा बाँडेका अधिकारीले आफ्नो बिरुद्ध समाचार लेख्नेलाई आक्रमणको धाक धम्की दिने गरेका छन् । केही अनलाइनमा निगमका अध्यक्ष र तत्कालिन मन्त्री सुदन किराँतीका विरुद्ध समाचार लेखाएर बाँडिएको प्राधिकरणको पैसा महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएपछि पछिल्लो पटक भ्रष्ट महानिर्देशक अधिकारीले निजी विमान कम्पनीमाथि आफु पक्षमा समाचार लेखिदिनेलाई विज्ञापन दिन दबाब दिन थालेका छन् ।
प्रदीप अधिकारीका विरुद्ध यौन हिंसाको मुद्दा हाल्ने तयारी
सार्वजनिक कार्यक्रममा भेटेका युवतीलाई समेत एयर होस्टेस बन्ने हो ? भन्दै सम्पर्क बढाएर हिंसामा परेका युवतीहरू समेत अहिले प्राधिकरणका महानिर्देशक अधिकारीको विरुद्ध गौडा कुरेर बसेका छन् । जता भेट्यो उतै एयर होस्टेस बन्ने हो भन्दै बोलाएका युवतीलाई एयर होस्टेस बनाउनुको साटो विभिन्न नेता र ठेकेदारसँग सम्पर्क गराएर उनीहरूमाथि हिंसा गराएको आरोपसहित प्राधिकरणकै नवौँ तहका कर्मचारीले चलाएको उड्डयन नेपाल नामको पेजले अधिकारीमाथि बलात्कारको मुद्दा चल्न सक्ने उल्लेख गरेको छ । त्यसो त अधिकारीले यस्तै युवतीलाई एयर होस्टेसको जागिर दिन भन्दा नमानेकैले नेपालका धेरै विमान सेवा कम्पनीहरूसँग सम्बन्धमा समस्या देखिएको हो । पछिल्लो पटक प्राधिकरण र निगमबिचको टसलका अरू धेरै कारण भएपनि युवतीका विषयमा महानिर्देशक अधिकारी बढी आक्रामक बनेको निगम स्रोतको बुझाई छ ।












