नेपालमा शनिबार थप १ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।
यस्तै, सोही अवधिमा थप ४ हजार ७७१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ९ जनाको संक्रमणका कारण मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८०३ छ ।
मन्त्रालयका अनुसार नेपालमा हाल ५२ हजार ७८० जना सक्रिय संक्रमित रहेका छन् ।














