प्रधानमन्त्रीबाट हटेपछि पहिलोपटक बालुवाटार जाँदै ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाने भएका छन् ।

स्थानीय तहको चुनाव र एमसीसीलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न अध्यक्ष ओली अपरान्ह ४ बजे बालुवाटार जान लागेका हुन् ।

स्रोतकाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी अध्यक्ष प्रचण्डसहित राखेर छलफल गर्ने सम्भावना छ ।

ओली प्रधानमन्त्रीबाट हटेपछि पहिलोपटक बालुवाटार जाँदैछन् । देउवा गत असार २९ मा प्रधानमन्त्री बनेका थिए । त्यसअगाडि ओली प्रधानमन्त्री थिए ।