काठमाडौं उपत्यकाभित्र यातायातमा लागु जोर-विजोर हटाउन सिफारिस गरिएको छ ।
कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को आज बसेको बैठकले कोरोना संक्रमणदर घट्दै गएको भन्दै जोर-विजोर हटाउन सिफारिस गरेको हो ।
हाल निजी सवारी साधन र ट्याक्सीहरूमा जोर-विजोर प्रणाली लागु छ ।
विद्यालय भने माघ महिनाभर बन्द नै गर्न सिफारिस गरिएको स्रोतले जनाएको छ । कोरोना संक्रमण बढ्दै गएपछि माघभर विद्यालय बन्द गरिएको थियो । माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए ।














