२४ घण्टामा १ हजार ३८६ संक्रमित थपिए, थप ११ जनाको मृत्यु

नेपालमा आइतबार एक हजार ३८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४४३ वटा पीसीआर परीक्षण र दुई हजार ८०८ वटा एन्टीजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ७०४ जना सङ्क्रमण मुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा सात लाख ९९ हजार ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा हाल ४५ हजार २४८ जना सक्रिय सङ्क्रमित छन् ।