बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको कानुनमन्त्री दिलेन्द्र बडुले बताए ।

बैठकमा एमसीसी, स्थानीय निर्वाचन र नियमित प्रशासनिक कामकारबाही बारेमा छलफल हुनेछ । स्थानीय तह निर्वाचनको मिति घोषणाबारे छलफल हुने सचिवालयले जनाएको छ । आजको बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने सम्भावना रहेको छ ।