कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सिईओमा अर्को निर्णय नभएसम्मका लागि खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी माघ २५ गते मंगलबारदेखि लागू हुनेगरी जिम्मेवारी सम्हाल्ने छन् ।
यस्तै बैंकका सीईओ अनुजमणी तिम्सेनाले राजिनामा दिएका छन् । सोमबार साँझ बसेको संचालक समितिको बैंठकमा कामु सीईओ रहेका तिम्सेना र डेपुटी सीईओ रहेका मनिष तिम्सेनालाई मोटो भिआरएसमा विदा गरेको हो ।
संचालक समितिले भिआरएस स्किम ल्याएको त्यसमा आफुले अप्लाइ गरेको अनुजमणी तिम्सेनाले बताए । अनुज र मनिष १२ महिनाको तलब लिएर बाहिरिएका हुन्। यसबाहेक उनीहरुले सुविधामा पाएको गाडी समेत बैंकले जागिर छाड्दा दिएको छ ।














