सांसदको गुनासो– गाडीमा लोगो देखेपछि यी सहकारी ठग हुन् भन्छन् 

नेपाली कांग्रेसका सांसद रमा कोइराला पौडेलले सार्वजनिक गाडीमा लोगो लगाएर हिँडौं कि नहिँडौं ? भन्दै प्रश्न गरेकी छन् । आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले गाडीमा सांसद्को लोगो लगाउँदा यात्रुले सहकारी ठग भन्ने गरेको सुनाइन् ।

सहकारी ठगीमा पहिले उपप्रधान तथा गृहमन्त्रीको नाम आएकोमा त्यसमा कुनै कारबाही नभएको उनको भनाइ छ । अहिले रास्वपाका उपसभापति तथा श्रममन्त्री डीपी अर्याल, माओवादीका नेता तथा उर्जामन्त्री शक्तिबहादुर बस्नेतको नाम पनि सहकारी प्रकरणमा जोडिएर आएको भन्दै गाडीमा सांसदको प्रयोग गरौँ कि नगरौँ भन्दै प्रश्न गरेकी हुन् ।

‘सभामुख महोदय म सार्वजनिक बसमा यात्रा गर्छु । बसमा मैले लगाउने यो संसद्को लागो देख्दा नागरिकले मलाई सहकारी ठगको संज्ञा दिन्छन्’ उनले भनिन् । ‘मैले के जवाफ दिउँ उहाँहरुलाई । म सुन्दैछु । पहिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम आयो सहकारी ठगीमा । त्यसमा कुनै पनि कारबाही भएन् । अहिले फेरि उहाँकै पार्टीका उपसभापति तथा श्रम मन्त्री डीपी अर्यालको नाम जोडियो । कुनै कारबत्राही भएन । अहिले फेरि १० वर्ष जनयुछ लडेर आउनु भएको हाम्रो आदरणीय नेता माननीय शक्ति बस्नेतको पनि नाम सहकारी ठगीमा आईरहेको छ । सभामखु महोदय म सार्वजनिक बसमा हिँड्दा लोगो लगाएर हिँडौकी नहिँडौं रु ’ उनले प्रश्न गरिन् ।