काठमाडौं । नेकपा माओवादी केन्द्रले ९७ जना केन्द्रीय सदस्य थप गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले ९७ जना केन्द्रिय सदस्य थप गर्ने प्रस्ताव गरेका हुन् ।
ती नाममाथि केन्द्रीय समितिमा अहिले छलफल भइरहेको छ । प्रचण्डले प्रस्ताव केन्द्रीय सदस्यमा प्रचण्डकी छोरी गंगा दाहाल, ज्वाईं जीवन आचार्य पनि रहेका छन् ।
त्यस्तै वाईसीएलका अध्यक्ष सुमन देवकोटा, प्रचण्डका स्वकीय सचिव रमेश मल्ल पनि केन्द्रीय सदस्यमा मनोनित भएका माओवादी केन्द्र स्रोतले जनाएको छ ।माओवादी केन्द्रले गत पुसमा भएको महाधिवेशनबाट २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो ।












