काठमाडौंको चन्द्रागिरीमा ट्रक र स्कुटर ठक्कर खाँदा भएको दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–१५ तीनथाना चोकस्थित सडकमा बा.प्र.०२–०३८ प ९८९७ नम्बरको स्कुटर र लु. १ क ४२५६ नम्बरको मिनि ट्रक एक–आपसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।
सोमबार बिहान भएको सो दुर्घटनामा परेर स्कुटरमा सवार दुई जनाको मृत्यु भएको केन्द्रीय समाचार कक्षले जनाएको छ । मृत्यु हुनेहरूमा स्कुटर चालक सोही नगरपालिका–१२ हरीयाली बस्ने ४० वर्षीय दिपक नेपाल र स्कुटरमा सवार सोही नगरपालिका–१४ बस्ने ५६ वर्षीया शुभद्रा कुमारी नेपाल रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डबि अस्पताल ग्वार्को ललितपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मिनि ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।















