नेपाल आयल निगम र पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर चालकको वार्ता सफल भएको छ । आयल निगमको डिपो थानकोटमा भएको वार्ता सहमतिमा टुङ्गिएकाले डिपोबाट तेल उठाउन सुरु भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
निगम र पेट्रोलियम व्यवसायीबीच हिजो शनिवार राति सहमति भए पनि आज आइतवार चालकहरूले विभिन्न माग राख्दै तेल लोडरअनलोड गर्न नमानेपछि पम्पहरूमा तेल पुगेको थिएन । ट्याङ्कर चालकहरूले केही सेवा, सुविधा माग गरेका र बिस्तारै पूरा गर्ने सहमति भएको उपाध्यायको भनाइ छ ।
यसअघि पेट्रोलियम व्यवसायीले मूल्य वृद्धिअनुसार कमिसन बढाउनुपर्ने माग गर्दै शुक्रबार डिपोबाट तेल उठाएनन् । शनिबार सार्वजनिक बिदा पर्यो । शनिबार साँझ मात्रै व्यवसायीले आज आइतबारबाटै तेल उठाउनेगरी निगमसँग सहमति गरेका थिए ।