भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बनारसबाट दिल्ली फर्किएका छन्। आइतबार बिहान बनारस पुगेका उनी अहिले दिल्ली फर्किएका छन् ।
बनारसस्थित काशी विश्वनाथ मन्दिरमा प्रधानमन्त्री देउवाले विशेष पूजा गरेका थिए। उक्त कार्यक्रममा देउवा पत्नी आरजु राणा देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतीय राजदूत विनयमोहन क्वात्रालगायत उपस्थित थिए।