काँग्रेसलाई समेट्न सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुँदै

सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी भएको छ । काँग्रेसले सरकारमा सहभागी हुन रुचि देखाएपछि सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको हो ।

काँग्रेस दुई मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको सरकारका प्रवक्ता समेत रहेकी कानुन मन्त्री पूर्णा जोशी जानकारी दिइन् । मंगलबार बसेको गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागीबारे ठोस सहमति भएको बताइएको छ । जसअनुसार आजै मन्त्रिमण्डल पुनर्गठनको तयारी छ ।

गत बिहीबार बसेको गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागिताबारे छलफल भएको थियो । त्यतिबेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल टर्की हुँदा विषयले मूर्तरूप पाएको थिएन ।