सुनको मूल्य घट्यो, चाँदीको स्थिर

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन तोलाको एक लाख १८ हजार ३०० रुपैयाँमा निर्धारण भएको महासंघले जनाएको छ । बुधबार छापावाल सुन तोलाको एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलाको एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।