धनगढी उप-महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाति अग्रता लिएका छन् । उनले एक सय मतमा ५५ मत लिएर अग्रता लिएका छन् ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका निवर्तमान मेयर नृपबहादुर वडले २२ मत मात्रै प्राप्त गरेका छन् । एमालेका रणबहादुर चन्दको जम्मा २ मत छ ।
त्यस्तै उपमेयरमा गठबन्धनबाट माओवादीकी उम्मेदवार शान्ति अधिकारीले सुरुवाति अग्रता लिएकी छन् । उनले ४० मत प्राप्त गरेकी छिन् । कांग्रेसका बागी प्रभाकर भण्डारीले २० र एमालेकी नन्दकला रानाले १० मत प्राप्त गरेकी छिन् । राप्रपाका दुर्गा पन्तले ८ मत प्राप्त गरेका छन् ।
धनगढी उपमहानगरको नयाँ भवनमा बिहान साढे ११ बजेबाट मतगणना सुरु भएको हो । उपमहानगरका ९३ हजार मतदातामध्ये ५३ हजार मत खसेको थियो ।










