सुनसरीको धरान उपमहानगरपालिकाको जारी मतगणनामा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै गएका छन् ।
अहिलेसम्म एक हजार मत गन्दा मेयरमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोर राईले ३६९ मत प्राप्त गरेका छन् ।
उनलाई स्वतन्त्र उम्मेदवार हर्क साङ्पाङले २७५ मतसहित पछ्याइरहेका छन् । यस्तै एमालेबाट मेयरको उम्मेदवार मञ्जु भण्डारीले २०३ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ३९३ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार पदमप्रसाद लिम्बूले २२७ मत प्राप्त गरेका छन् ।










