भरतपुर महानगरपालिकाको मतगणनाका सन्दर्भमा विवाद उत्पन्न भएपछि सहमति जुटाउन सर्वदलीय बैठक बसेको छ ।मतगणनास्थलमै सर्वदलीय बैठक बसिरहेको छ। मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो ।
अहिले मिडियालाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको छ भने उनीहरुलाई प्रहरी लगाएर बाहिर निकालिएको छ । वडा नम्बर २ को ८ स्थानमा मत गणना भइरहेको बेला गणना अवरुद्ध भएको हो ।यही क्रममा समाचार संकलनका लागि खटिएका सञ्चारकर्मीलाई समेत अवरोध भएको छ।











