बाग्लुङको ढोरपाटन नगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार देवकुमार नेपालीले अग्रता लिएका छन् । उनले अहिलेसम्मको मतगणनामा ७ सय १५ मतका साथ अघि छन् ।
यस्तै पाँच दलीय गठबन्धनका चन्द्रलाल अर्यालले ६ सय ३१ मत पाएका छन् ।
त्यस्तै उपमेयरमा गठबन्धनबाट कांग्रेस उम्मेदवार धन बहादुर कायतले ७ सय ७७ मत पाएका छन् भने राष्ट्रिय जनमोर्चा विद्रोही समुहकी उम्मेदवार ताराकुमारी पुनले ५ सय २४ मत पाएकी छन् ।
गएरातिबाट सुरु भएको मतगणना अनुसार नेकपा एमालेले लगातार लिड गरिरहेको छ ।











