मेयर बन्न सांसदबाट राजीनामा दिएका कुशवाहा पराजित

स्थानीय तहको चुनावमा मेयर पदको उमेदवार बन्न सांसद पदबाट राजीनामा दिएका उपेन्द्र कुशवाहा पाराजित भएका छन् ।
सर्लाहीको गोडैता नगरपालिकामा नेपाली कांग्रेसबाट उमेदवार बनेका कुशवाहा आज सम्पन्न भएको नजिता अनुसार पराजित भएका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का देवेन्द्रकुमार यादवले उनलाई ५४२ मतले पराजित गरेका हुन् । यादवले ५ हजार २९४ मत ल्याउँदा कुश्वाहाले ४ हजार ७५२ मत मात्रै प्राप्त गरे ।

०७४ को स्थानीय निर्वाचनमा समेत उनी पराजित भएका थिए । तर, पछि प्रदेश सभाको निर्वाचनमा उनी निर्वाचित भएका थिए । नेपाली कांग्रेसबाट सर्लाही निर्वाचन क्षेत्र ४ को ‘ख’ बाट उनी निर्वाचित भएका थिए ।