मतगणनाका क्रममा झडप हुँदा घाइते भएका हुम्लाका शाहीको मृत्यु

हुम्लाको खार्पुनाथ गाउँपालिका याङ्चु बगरमा मतगणना स्थलमा झडप हुँदा घाइते भएको छत्तबहादुर शाहीको मृत्यु भएको छ । नेपालगन्जस्थित नर्सिङ होममा उपचारका क्रममा शाहीको मृत्यु भएको हो ।

गएको वैशाख ३१ गते खार्पुनाथ गाउँपालिकाको केन्द्रमा मत गणना भइरहेको बेला एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप भएको थियो । उक्त झडपमा तीन जना घाइते भएका थिए । घाइते भएका तीन जनामध्ये उनी गम्भीर घाइते भएपछि हेलिकोप्टरबाट उपचारका लागि सुर्खेत रिफर गरिएको थियो ।

शाहीको टाउकोमा गम्भीर चोट लागेको थियो । सुर्खेतको प्रदेश अस्पतालले उपचार गर्न नसक्ने भन्दै नेपालगन्जको भेरी अस्पतालमा रिफर गरिएको थियो ।