ओलीको गृहनगर दमकमा एमाले पराजित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । राप्रपाका उम्मेदवार राम थापा मेयरमा निर्वाचित भएका हुन् ।

थापाले १४ हजार ५७० मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १३ हजार ७०० मत प्राप्त गरेकी छिन् ।

उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराई १३ हजार ९३१ मत प्राप्त गरेकी छिन् भने एमालेका अम्विकाप्रसाद खनालले १३ हजार ५३६ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापा २०३९ सालमा दमक गाउँ विकास समितिबाट नगरपालिका बनेदेखि नै यहाँको मेयर बन्ने सपना देखेका थिए । जसअनुसार उनले पहिलोपटक मेयरमा चुनाव लडेकै २४ वर्ष वितिसक्यो । त्यसअघि उनी वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनी २०४३ सालदेखि मेयर बन्ने रेसमा थिए ।