नेपालगञ्जमा गठबन्धनका उम्मेदवार दोब्बर मतले विजयी

नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका प्रशान्त विष्ट निर्वाचित भएका छन्। उनी निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर मतले विजयी भएका हुन् ।

विष्टले २३ हजार ४६० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पशुपतिदयाल मिश्रले ११ हजार ६७५ मत प्राप्त गरेका छन् ।त्यस्तै, उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार जनता समाजवादी पार्टी ९जसपा०का कमरुद्दीन राईले १७ हजार ९५० मतसहित जित हासिल गरेका छन्।