धनगढी । कैलालीको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी र उपाध्यक्षमा लालमतीदेवी कठरीया विजयी भएकी हुन् ।
गाउँपालिका अध्यक्षमा विजयी भएका चौधरी करिब २५ वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएका थिए । उनले ७ हजार १५१ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार परशुराम कठरीयाले ५ हजार २४२ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार नेकपा एमालेका टेकबहादुर बमले ४२४१ मत पाए ।











