काठमाडाैं महानगरमा ९० हजार २ सय ९२ मत गन्दा बालेनको अग्रता कायमै

काठमाण्डौ महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अहिलेसम्म ३३ हजार २ सय ६० मत प्राप्त गरेका छन् ।
पछिल्लो मत परिणाम अनुसार काठमाण्डौ महानगरमा ९० हजार २ सय ९२ मत गणना गरिएको छ ।

नेकपा एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितले १७ हजार ६ सय ९२ मत प्राप्त गरेका छन्। स्थापितभन्दा साह १५ हजार ५ सय ६८ मतले अगाडि छन् ।

यस्तै, मेयर पदका अर्का प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले १७ हजार ५ सय ७९ मत प्राप्त गरेकी छिन् ।सिंहले स्थापितसँगको मतान्तर घटाउँदै गएकी छिन्। स्थापित सिंहभन्दा मात्रै १ सय १३ मतले छन् ।