झापाको गौरादह नगरपालिकामा रोकियो मतगणना

झापाको गौरादह नगरपालिकामा मतगणना रोकिएको छ । गणना कार्यमा निर्वाचन कार्यालयका कर्मचारीको गतिविधि शंकास्पद भएको भन्दै कांग्रेस–माओवादी गठबन्धनले विरोध जनाएपछि गणना कार्य शुक्रबार रातिबाट रोकिएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका उम्मेदवारले वडाध्यक्ष पदमा एक हजार २० मत पाएका थिए । गठबन्धनका उम्मेदवारले एक हजार १९ मत पाएको परिणाम सार्वजनिक गरिएको थियो ।

विरोधका कारण गणना कार्य रोकिएको हो । शुक्रबार बेलुका गौरादह(७ को वडाध्यक्ष पदमा एक मतको फरकमा एमालेका उम्मेदवार निर्वाचित भएको भनी निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको थियो । उक्त परिणामप्रति गठबन्धनका प्रतिनिधिले आपत्ति जनाएपछि विवाद उत्पन्न भएको हो ।