लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले नेपाल भगवान भरोसामा चलिरहेको बताएका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्ने क्रममा लोसपा नेता महतोले पञ्च वर्षीय योजना सुरु गर्दाको नेपालको अवस्था र अहिलेको समयको तुलना गरेका हुन् ।
‘७० वर्षको हाम्रो अभ्यास के छ ? नेपालले छलाङ लगायो कि लगाएन ? ७० वर्षअघि र अहिलेको अवस्था के छ ?’ महतोले भने, ‘समीक्षा हुनुपर्ने । के फड्को मार्यो त ?’
नीति तथा कार्यक्रम गोलचक्करमा जनतालाई घुमाउने कार्य मात्रै भएको उनले टिप्पणी गरे । पहिलेका सरकारले ल्याएका विषय समेटेर नीति तथा कार्यक्रमा प्रस्तुत गरिने र त्यसलाई प्रतिपक्षले विरोध गर्ने परम्परा रहेको उनले सुनाए ।
लोकतन्त्रको दुरुपयोग भएको महतोले आरोप लगाए । स्थानीय तहमा दलीय चुनाव आवश्यक नरहेको उनले बताए । ‘लोकतन्त्रलाई कमजोर बनाउने काम भएको छ’ महतोले भने ।















