काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तहको निर्वाचनमा पार्टीले कम्जोर नतिजा ल्याउनुमा नेपाली काँग्रेस कारक रहेको बताएका छन् । आइतबार काठमाडौंमा मुस्लिम इत्तेहाद संगठन नेपालको बैठकलाई सम्बोधन गर्दै नेपालले कांग्रेसले भोट नखसालेका कारण केही स्थानमा आफ्नो पार्टीले पराजय भोगेको बताए ।
‘समाजवादीले जितेको भए कांग्रेसलाई पनि फाइदा नै हुन्थ्यो । उस्ले याे कुरा बुझ्न जरुरी थियो । माओवादी नी धाेका दिएकै हाे’, उनले भने ।














